पोखरामा करिव ४२ लाखको च्याङ्ग्रा चोरी गरेको आरोपमा मोहम्मद पक्राउ

पाेखरा | असोज ८, २०८१

पोखरामा करिव ४२ लाखको च्याङ्ग्रा चोरी गरेको आरोपमा मोहम्मद पक्राउ

पोखरा:    पोखरामा च्याङ्ग्रा चोरी गरेको आरोपमा मोहम्मद फकिर पक्रा परेका छन्  । पोखराको ड्यामसाईडमा ट्रकमा लोड गरेको च्याङ्ग्रा लिएर फरार भएका मोहम्मदलाई प्रहरीले हिजो सोमबार पक्राउ गरेको हो । 


असोज १ गते मुस्ताङको वारागुरुङ मक्तिक्षेत्र गाउँपालिका–३ बस्ने ताक्ला गुरुङको घरगोठमा गई ल्याएको १ सय ३ वटा च्याङ्गासहित रुपन्देही शुद्धोधन गाउँपालिका–४ स्थायी घर भएका मोहम्मद ड्यामसाइडबाट फरार भएका थिए  । 


मुस्ताङबाट करिव ४२ लाखको च्याङ्ग्रा लिएर खरिद गछौं भनेर ड्यामसाइडको एक होटलमा गुरुङ सुतेको अवस्थामा मोहम्मद सहित ३ जना मिलेर च्याङ्ग्रा लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


च्याङ्ग्रा लिएर फरार भएका मोहम्मदको खोजी गर्ने क्रममा पोखराबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । चोरी गरेको च्याङ्ग्रा मोहम्मदले पोखरा महानगरपालिका–२५ घट्टेखोलास्थितबाट अन्यत्र सवारीमा लोड गरी विक्री गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 


पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ठगी अपराधिक विश्वासघात तथा आपराधिक लाइ सम्बन्धी कसूरमा ६दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

पोखरा:    पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ ।   नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...

थप पढ्नुहोस्

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्